२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

एनपिएल टोली चितवन राइनोजको जर्सी सार्वजनिक

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ ।

सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा एकसिङे गैँडाको मस्कट, पञ्चेबाजासहित टोलीका खेलाडीले जर्सी लगाएर सार्वजनिक गरिएको थियो । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोज टिमको ‘थिम सङ’ पनि सोमबार सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस