२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आकर्षक तलबमा न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नविना दाहाल रहेकी छन् । उनले आकर्षक तलबमा न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको प्रहरीको भनाइ छ ।

नविनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सोमबार काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्हरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस