काठमाडौं । वृत्तचित्रहरूको दक्षिण एसियाली मेला मानिने ‘फिल्म साउथ एसिया’ को चौधौँ संस्करण आज (बिहीबार)देखि ललितपुरमा सुरु हुँदैछ।
यलमाया केन्द्रमा चार दिनसम्म चल्ने महोत्सवमा ४७ वटा वृत्तचित्र र लघु चलचित्र प्रदर्शन हुनेछन्।
महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन्।
जहाँ बेस्ट फिल्म, जुरी अवार्ड, बेस्ट स्टुडेन्ट फिल्म, बेस्ट डेब्यु फिल्म र बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने सहायक फेस्टिभल डाइरेक्टर पवस मानन्धरले जानकारी दिए।
उनका अनुसार यो वर्ष बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको हो।
प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार

