२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पूर्वराजा ज्ञानेन्द्र शाह भोलि लुम्बिनी भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी भ्रमणमा जाने भएका छन्।

शाहका संवाद सचिव डा. फणिराज पाठकले दिएको जानकारीअनुसार पूर्वराजा शाह शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने भएका हुन्।

लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार लुम्बिनी जाने पाठकले बताएका छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस