२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सेनाध्यक्ष द्विवेदी काठमाडौं रहुन्जेल फणिन्द्र नेपाल प्रहरीको नियन्त्रणमा रहने

काठमाडौं । भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौंमा रहुन्जेल ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा राख्ने भएको छ।

शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो।

भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन्। त्यसक्रममा उनी पटकपटक पक्राउ पर्ने गरेका छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस