२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

हृदयघातका कारण अधिवक्ता इन्द्र अधिकारीको निधन

Advocate Indra Adhikari passes away due to heart attack

काठमाडौं । हृदयघातका कारण अधिवक्ता इन्द्र अधिकारीको निधन भएको छ। नेपाल बार एशोसिएसनका निर्वाचित पूर्व केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता अधिकारीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो।

साँझ ५ बजे हृदयघात भएपछि अधिवक्ता अधिकारीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । अधिवक्ता अधिकारी सर्वोच्च अदालत बार एशोसिएसनको सदस्य थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस