२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

भक्तपुर अस्पतालमा आजदेखि मोतिविन्दुका शल्यक्रिया सेवा सुरु

काठमाडौं । भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ ।

अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा.सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिने छ । यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो ।  प्रदेश सरकारले उपकरण प्रदान गरेपटि सेवा सञ्चालन भएको हो ।

यसैबीच, वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार भएको तथा प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा उपलब्ध गराउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस