२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

बारामा क्याम्पस प्रमुख हत्याका फरार रहेका आरोपी पक्राउ

काठमाडौं । बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली सेनाका भगौडासमेत रहेका बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुसवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए।

उनकाअनुसार घटनापछि फरार रहेका कुसाहालाई बारा प्रहरीले मोरङबाट पक्राउ गरेको हो। सुरेन्द्र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए।

२०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो।

प्रहरीका अनुसार मृत्यु अघि पनि क्याम्पस प्रमुखले आफूमाथि गोली प्रहार भएको बताएका थिए। सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको त्यसबेला क्याम्पस प्रमुखले बताएको प्रहरीको भनाइ छ।

उनको हत्यामा प्रयोग भएको हतियार पेस्तोल दुई थान पेस्तोल र सात थान गोली, चार वटा मोटरसाइकल र चार वटा मोबाइल, २ वटा ल्यापटप थान र ७ वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको थियो।

घटनामा सुरेन्द्रसहित १७ जनाको संलगता रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो।
उनीहरूमध्ये राधेश र विनोद कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस