२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

भारतमा रेलवे स्टेशनको निर्माणाधीन लेन्टर खस्दा ३५ मजदुर पुरिए

भारत, उत्तर प्रदेशको कन्नौज रेलवे स्टेशनस्थित निर्माणाधीन भवनको लेन्टर खस्दा ठूलो दुर्घटना भएको छ। दुई तले भवनको लेन्टर खस्दा करिब ३५ जना मजदुर पुरिएको भारतीय सञ्चारमाध्यले जानकारी दिएका छन्।

यस दुर्घटनामा धेरै मजदुरको मृत्यु भएको आशंका गरिएको छ। घटनास्थलमा रेलवे, प्रहरी, र प्रशासनिक अधिकारीहरू पुगेका छन्। राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जानकारी लिएर तत्काल राहत कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन्। उनले घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

एनडिटिभीका अनुसार अहिलेसम्म भग्नावशेषबाट १२ जना मजदुरलाई उद्धार गरिएको छ। घटनाका बेला स्टेशन परिसरमा करिब ३५ मजदुर काम गरिरहेका थिए। दुर्घटनापछि घटनास्थलमा ठूलो संख्यामा सर्वसाधारणको भीड लागेको छ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस