२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

महाकुम्भमा चिसोको कहर : तीन जनाको मृत्यु, तीन हजारभन्दा बढी बिरामी

Maha Kumbh Mela

भारत, उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५, सोमबार (१३ जनवरी) देखि सुरु भएको छ। तर, मेलामा चिसोको कहरका कारण दुःखद घटनाहरू घटिरहेका छन्।

महाकुम्भ स्नान गर्ने क्रममा चिसोका कारण तीन जनाको मृत्यु भएको छ भने हजारौं बिरामी परेका छन्। चिसोका कारण थुप्रै मानिसहरूलाई स्वास्थ्य समस्याहरू देखिएका छन्, जसका बारेमा भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

ज्यान गुमाउनेमा पार्टी नेता शरद पवार, राजस्थानको कोटाबाट आएका सुदर्शन सिंह पन्वार र ८५ वर्षीय अर्जुन गिरी रहेका छन्। पोष्टमार्टमपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने आशंका गरिएको छ, तर तिनीहरूलाई मुटुसम्बन्धी समस्या भएपछि ज्यान गएको भनिएको छ।

केन्द्रीय अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. मनोज कौशिकका अनुसार, १३ जनवरीको दिन ओपिडीमा तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आएका थिए। तीमध्ये ३७ जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई अन्य अस्पतालहरूमा रिफर गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस