२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

न्यायको १६१ दिन : महिला डाक्टरको बलात्कार र हत्यामा सञ्जय दोषी

RG Kar doctor murder case

सिंगो भारतलाई नै स्तब्ध बनाएको बलात्कारपछिको हत्याको घटनामा अदालतले मुख्य आरोपीलाई दोषी ठहर गरेको छ। कोलकाताको आरजी कार मेडिकल कलेज र अस्पतालमा ड्युटीमा रहेकी एक महिला डाक्टरको बलात्कार र हत्याको मुद्दामा सियालदह अदालतले सञ्जय रोयलाई दोषी ठहर गरेको छ। ९ अगस्ट २०२४ को घटना पछि १६१ दिनको लामो प्रतीक्षा पछि न्याय प्राप्त भएको छ।

सञ्जय रोयलाई सोमबार (२० जनवरी २०२५) सजाय सुनाइनेछ। यस केसमा पीडितका आमाबुवा पनि अदालत परिसरमा उपस्थित थिए।

घटनाको समयमा आरोपी सञ्जयले न्यायाधीशलाई भनेका थिए, “मलाई झुटो मुद्दामा फसाइएको छ। मैले यो गरेको होइन। जसले यो गरेको छ, उनीहरूलाई रिहा गरिँदैछ। यसमा एक आईपीएस अधिकारी संलग्न छन्।” तर, अदालतले उनलाई गम्भीर प्रमाणहरूका आधारमा दोषी ठहर गरेको छ।

पोष्टमार्टम रिपोर्टमा दोषीले पहिले बलात्कार र त्यसपछि घाँटी थिचेर हत्या गरेको खुलासा भएको थियो। यस घटनाले देशभरि आक्रोश र सरकारी अस्पतालहरूमा सुरक्षा व्यवस्थाको विषयमा व्यापक चर्चा सिर्जना गरेको थियो, जसले प्रदेशको स्वास्थ्य सेवा पनि दुई महिनाभन्दा बढी ठप्प रहने अवस्था सृजना गर्यो।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस