२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

महाकुम्भ मेलामा सिलिन्डर विस्फोट, भिषण आगलागी

Cylinder explosion, massive fire at Mahakumbh Mela

भारतको उत्तर प्रदेश स्थित प्रयागराजमा जारी महाकुम्भ मेला क्षेत्रमा सिलिन्डर विस्फोट हुँदा भिषण आगलागी भएको खबर छ। भारतीय सञ्चारमाध्यमका अनुसार, एनडिटिभीले सिलिन्डर विस्फोटपछि मेला क्षेत्रमा आगलागी भएको उल्लेख गरेको छ।

पालमा राखिएको सिलिन्डर पड्किएपछि आगलागी भएको र केही बेरमै १८–१९ वटा पाल जलेर खरानी भएको बताइएको छ। आगो नियन्त्रणका लागि धेरै दमकल परिचालन गरिए पनि आगो फैलिदै गएको छ।

आगो नियन्त्रण गर्न प्रहरी र एनडीआरएफको टोलीले वरपरको क्षेत्र खाली गरिरहेको छ। शास्त्री पुल र रेलवे पुल बीचको क्षेत्रमा आगलागी भएको हो। यो सम्पूर्ण क्षेत्र महाकुम्भ मेला क्षेत्र अन्तर्गत पर्दछ। विस्फोट र आगलागीका कारण भएको हानिको जानकारी भने अझै प्राप्त भएको छैन।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस