२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

ज्योति मगर भर्सेज समीक्षा अधिकारी : सामाजिक सञ्जालमा किन भिडे ?

Jyoti Magar vs. Samikshya Adhikari_ Why did they clash on social media_

चर्चित गायिका ज्योति मगर र समीक्षा अधिकारी सामाजिक सञ्जालमा भिडेका छन्। आइतबार बिहान समीक्षा अधिकारीले एयरलाइन्सका कारण आफ्नो कार्यक्रम रद्द भएको विषयमा दुखेसो व्यक्त गर्दै स्टाटस पोस्ट गरेकी थिइन्।

समीक्षाले श्री एयरलाइन्सको आलोचना गर्दै भनेकी थिइन् कि मौसम खराबीका कारण उडान प्रभावित हुनु स्वाभाविक हो, तर एयरपोर्ट खुलिसकेपछि पनि ८ बजेको उडान दिउँसो २ बजे मात्रै उड्ने बताइएपछि यात्रुहरूलाई एयरपोर्टमै अलपत्र पारेको छ। उनले थप भनिन् कि यसअघि पनि उनले श्री एयरलाइन्सबाट धोका पाएको थियो र यस पटक पनि असन्तोषजनक सेवा भोग्नु परेको छ।

यो स्टाटसको जवाफमा गायिका ज्योति मगरले पनि आफ्नो अनुभव साझा गर्दै भनिन्, “मैले अहिले दैनिक २ फ्लाइट गर्नुपर्ने हुन्छ। मौसमको कारण मैले धेरै कार्यक्रम रद्द गर्नुपरेका छन्, तर प्रकृति भन्दा माथि हामी कोही छैनौं।” उनले कलाकारहरूको आलोचना गर्दै भनिन्, “आजकल कलाकारहरूले एयरलाइन्सलाई गाली गर्दै आफूलाई ठूलो स्टार सम्झिरहेका छन्।”

मगरले एयरलाइन्स र एयरपोर्टको बारेमा पनि टिप्पणी गर्दै थप भनिन्, “हामी कलाकारहरूलाई नियम र कानूनी पालना गर्न सिक्नुपर्छ।” यो विवादले सामाजिक सञ्जालमा चासोको विषय बनेको छ, जहाँ दुवै पक्षका फ्यानहरूले प्रतिक्रिया दिइरहेका छन्।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस