२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

चिनियाँ एप टिकटकका अगाडि अमेरिकाले घुडा टेक्यो, केही घण्टा टिकेन निर्णय

अमेरिकाले चिनियाँ एप टिकटकमाथि लगाएको प्रतिबन्ध केही घण्टा मात्र टिक्न सक्यो। टिकटकको सेवा बन्द गरेको छोटो समयपछि, अमेरिकामा पुनः सेवा सञ्चालनमा आएको छ। टिकटकले जनाएको छ कि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपले सेवा पुनः सञ्चालनका लागि वातावरण तयार गरेको हो।

यसअघि, बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी बेच्ने समयसीमा नजिकिँदा, शनिबार टिकटक बन्द भएको थियो। अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो, जसको प्रतिक्रिया स्वरूप चीनले अमेरिकालाई टिकटकको मुद्दामा आफ्नो पक्ष सुनाउन आग्रह गरेको थियो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले अमेरिकामा व्यवसायिक वातावरण निष्पक्ष र पारदर्शी हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस