२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

ट्रम्पले बिर्सेनन् गुण, आफूलाई गोलीबाट बचाउने ‘कमान्डो’ लाई दिए प्रमुख जिम्मेवारी

जुलाईमा पेन्सिल्भेनियामा चुनावी र्‍यालीका क्रममा डोनाल्ड ट्रम्पमाथि हत्या प्रयास भयो, जहाँ आक्रमणकारीको गोलीले उनको कान मात्र छोएको थियो। ट्रम्पले त्यस घटनामा आफूलाई बचाउने सेक्रेट सर्भिसका कमान्डो सिन कुर्रानलाई अमेरिकाको गोप्य सेवाको निर्देशक नियुक्त गरे।

कुर्रानले आफ्नो निर्भिक साहस देखाएकोमा ट्रम्पले प्रशंसा गर्दै अब सेक्रेट सर्भिसलाई बलियो बनाउनेमा विश्वास व्यक्त गरे। यस घटनापछि सेक्रेट सर्भिसको आलोचना भएको थियो र तत्कालीन निर्देशक किम्बर्ली चिटलले राजीनामा दिएका थिए। कुर्रानले रोन रोबेलाई प्रतिस्थापन गर्नेछन्, जो कार्यवाहक निर्देशक थिए।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस