सामाजिक अभियान्ता आशिका तामाङ १० हजार धरौटीमा रिहा भएपछि पुनः पक्राउ परेकी छिन्। धरौटी बुझाएपछि उनलाई फेरि पक्राउ गरिएको हो। उनलाई भक्तपुर लैजाने तयारी छ।
उनीविरुद्ध भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि मुद्दा भएको छ। उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन्। पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी हुन्।
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार

