२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

ट्रम्पलाई अर्को झट्का, सहयोग बन्द गर्ने आदेश अदालतले रोक्यो

अमेरिकी न्यायालयले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संघीय अनुदान रोक्ने आदेशलाई अस्थायी रूपमा अवरुद्ध गरेको छ। मंगलबार लागू हुने तयारीमा रहेको आदेशलाई संघीय न्यायाधीश लोरेन एल. अलिखानले रोकेका हुन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ‘कर प्रणालीको उचित व्यवस्थापन’ भन्दै आदेशको बचाउ गरिन्। तर, डेमोक्र्याट नेता चक शूमरले ‘यसले पारिश्रमिक र भाडा भुक्तानी प्रभावित गर्नेछ’ भन्दै आलोचना गरेका छन्।

ट्रम्प प्रशासनले जीवाश्म इन्धन प्रवर्द्धन, ट्रान्सजेन्डर सुरक्षाहरू हटाउने र विविधता कार्यक्रमहरू अन्त्य गर्ने नीति अनुरूप आदेश जारी गरेको हो। तर, अन्योलका कारण संघीय सहायता रोकिए सेवाहरू प्रभावित हुने चिन्ता बढेको छ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस