२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

स्वीडेनमा कुरान जलाउने व्यक्तिको गोली हानी हत्या

काठमाडौं । स्वीडेनमा कुरान जलाएर विवाद उत्पन्न गरेका ३८ वर्षीय सलवान मोमीकाको स्टकहोमको सोडर्टाल्ये क्षेत्रको एक अपार्टमेन्टमा गोली हानी हत्या गरिएको छ।

उनले २०२३ मा स्टकहोमको केन्द्रीय मस्जिद बाहिर कुरान जलाएपछि मुस्लिम समुदायमा आक्रोश फैलिएको थियो। स्टकहोम प्रहरीले हत्या प्रकरणमा पाँच जनालाई पक्राउ गरेको जनाएको छ।

इराकी नागरिक मोमीका स्वीडेनमा बस्दै आएका थिए। उनलाई जातीय समूहविरुद्ध उत्तेजना फैलाएको आरोपमा मुद्दा चलाइएको थियो, जसको फैसला बिहीबार आउनु पर्ने भए पनि उनको मृत्यु पुष्टि भएपछि सुनुवाइ स्थगित गरिएको छ।

उनको प्रदर्शनले मुस्लिम देशहरूमा असन्तोष फैलिएको थियो, जसका कारण स्वीडेनको बग्दादस्थित दूतावासमा हिंसा भड्किएको थियो।

स्वीडेनी सरकारले अभिव्यक्ति स्वतन्त्रताको आधारमा प्रदर्शन अनुमति दिए पनि पछि धार्मिक ग्रन्थ जलाउने प्रदर्शन रोक्ने कानुनी उपाय खोज्ने जनाएको थियो।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस