२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

वैज्ञानिकहरूले बनाएर एआई इलेक्ट्रोनिक जिब्रो, खाद्य र पेय पदार्थको ताजगी र गुणस्तर पत्ता लगाउने

Scientists Develop AI Electronic Tongue to Detect Freshness and Quality of Food and Beverages

काठमाडौं । अनुसन्धानकर्ताहरूले मेसिन लर्निङ प्रयोग गरेर इलेक्ट्रोनिक जिब्रो विकास गरेका छन् । जसले खाद्य र पेय पदार्थको ताजगी र गुणस्तर छिटो पत्ता लगाउन सक्छ। यस प्रणालीले आयन–सेन्सिटिभ फिल्ड–इफेक्ट ट्रान्जिस्टर सेन्सरमार्फत पेय र खाद्य पदार्थको रासायनिक परिवर्तनलाई विद्युतीय संकेतमा रूपान्तरण गर्छ।

अमेरिकाको पेनसिल्भेनिया राज्य विश्वविद्यालयका वैज्ञानिकहरूले (आइएसएफईटी) लाई न्युरल नेटवर्कसँग जोडेर ९७ प्रतिशत भन्दा बढी शुद्धतामा पेय पदार्थको विश्लेषण गर्न सफल भएका छन्। यसले खाद्य र पेय पदार्थमा मिसावट वा ब्रान्डमा राखिएको प्रतिशत छुट्याउने र ताजगी पत्ता लगाउन सक्छ।

यो प्रविधि खाद्य उद्योगका साथै स्वास्थ्य क्षेत्र कै एक चमत्कारीक विकास दावी गरिएको छ । यो अब निगरानीमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरूको भनाइ छ। यसलाई सस्तो दरमा बनाएर हरेक मानिससम्म पुर्याउँने बैज्ञानीकहरुको लक्ष्य छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस