२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

आजदेखि चल्न छोेडे यी २० फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

Facebook, YouTube, X to be shut down after end of Chaitra, reveals Communication Minister

काठमाडौं । आजदेखि २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएका छन् । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै सन् २०२५ देखि २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।

१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइडरआईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

यी फोनमा चल्ने छैनन् ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

सामसङ– ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनि ।

मोटोरोला– माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ ।

एचटीसी– वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ ।

एलजी–अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।

सोनी–एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।

एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल ।

आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लस

 

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस