२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

१० दिनपछि दिल्लीले नयाँ मुख्यमन्त्री पायो, को हुन् रेखा गुप्ता?

दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) को व्यवस्थापिका दलको बैठकपछि रेखा गुप्तालाई नयाँ मुख्यमन्त्री चयन गरिएको छ। विधानसभामा भाजपाले ४८ सिट जितेपछि नयाँ नेतृत्वका लागि विभिन्न नाम चर्चामा थिए, तर अन्ततः संसदीय बोर्डले गुप्तालाई जिम्मेवारी दिने निर्णय गर्यो।

मुख्यमन्त्री चयनपछि रेखा गुप्ताले आफूलाई समर्थन गर्ने सबै नेताहरू, कार्यकर्ता तथा जनता प्रति आभार व्यक्त गर्दै दिल्लीको विकासका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले महिला सशक्तिकरण, रोजगारी प्रवर्धन, र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताइन्।

बीजेपी नेताहरूले गुप्ताको नेतृत्वमा दिल्लीमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरेका छन्। सांसद मनोज तिवारीले गुप्तालाई बधाई दिँदै महिलाहरूका लागि यो ऐतिहासिक क्षण भएको बताए। सांसद रमेश बिधुरीले उनको नेतृत्वमा दिल्लीले द्रुत गति समृद्धिको यात्रा तय गर्ने आशा व्यक्त गरे।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस