२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

हम्पब्याक ह्वेलले छोरालाई निल्यो, फेरि थुक्यो, बुबाले खिचेको भिडियो भाइरल

चिलीको पाटागोनिया क्षेत्रमा कायाकिङ गरिरहेका २४ वर्षीय एड्रियन सिमानकासलाई हम्पब्याक ह्वेलले केही क्षणका लागि निल्यो। बुबा डेल सिमानकासले त्यो भयानक क्षण क्यामेरामा कैद गरे।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ह्वेलले एड्रियनलाई मुखमा तानेको देखिन्छ। तर केही सेकेन्डमै ह्वेलले उनलाई थुकिदियो, र उनी बुबाको प्याक राफ्टतर्फ पौडी खेल्दै जोगिन सफल भए।

एड्रियनले भने, “त्यो क्षणमा, मलाई लाग्यो म मर्दैछु।”

वन्यजन्तु वैज्ञानिक भेनेसा पिरोट्टाका अनुसार, ह्वेलले मानिसलाई लक्षित गर्दैन। सम्भवतः एड्रियन अनायासै ह्वेलको भोजन क्षेत्रमा पुगेका थिए।

म्यागेलनको जलडमरूमध्य वन्यजन्तु अवलोकनका लागि लोकप्रिय गन्तव्य हो, जहाँ कायाकिङ र ह्वेल हेर्ने गतिविधिहरू गरिन्छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस