२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

चार दिनअघि बेहुला बेपत्ता, रोकियो सुमित्राको विवाह

hindu marriage

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ पर्सियाका दीपकराज राना विवाहको चार दिनअघि बेपत्ता भएपछि तय भएको विवाह स्थगित भएको छ। उनी कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–६, कसरोलकी सुमित्रा रानासँग विवाह बन्धनमा बाँधिन लागेका थिए।

फागुन ४ गतेका लागि विवाह तय भए पनि बेहुला माघ ३० गतेदेखि सम्पर्कविहीन भएका कारण दुबै परिवारमा अन्योल छाएको छ। बेहुलाका दाजु लोकराज रानाका अनुसार धनगढीमा कोट किनेर भान्जाभान्जीको कोठामा खाना खान गएका दीपकराज घर फर्किने बताउँदै निस्किएपछि बेपत्ता भएका हुन्। त्यसयता उनको मोबाइल पनि स्विच अफ रहेको छ।

परिवारले कञ्चनपुर र कैलाली प्रहरीलाई गुहार्दै खोजी कार्य अघि बढाउन आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार प्रहरीलाई मौखिक जानकारी प्राप्त भइसकेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस