२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

डिभोर्सपछि पनि के पूर्वपति विष्णुलाई फलो गर्छिन एलिना चौहान ?

काठमाडौं । मंगलबार दिउँसो चर्चित गायिका एलिना चौहानले गरेको एक फेसबुक स्टाटसले सबैलाई हैरान बनायो। प्रणय सप्ताह चलिरहेको समयमा गायिका चौहानले आफूले औपचारिक रूपमा विष्णु सापकोटासँग अलग भएको घोषणा गरिन्। प्रमिस डेको अवसरमा गरेको भावुक पोस्टले सबैलाई स्तब्ध बनाएको छ।

अलग भए पनि एलिनाका मनमा विष्णुका लागि माया कम भएको छैन। उनले लेखेकी छिन्, ‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिनमा आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।’

उनी थप्छिन्, ‘तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ, जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन, जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।’

एलिना अहिले पनि विष्णुलाई सामाजिक सञ्जालमा फलो गर्छिन्। यसअघि पनि उनले पूर्वपति सापकोटालाई गाली नगर्न अनुरोध गरेकी थिइन्।

 

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस