२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

फूलपातीमा दर्जनबढी फिल्म रिलिज हुने, ‘हरिबहादुरको जुत्ता’ पनि आउने

२८ माघ, काठमाण्डौँ । यसपाली दशैंको फूलपातीमा आएका तीन फिल्ममध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले बक्स अफिसमा आक्रामक व्यापार गरे । दुई फिल्मले गरी लगभग ४० करोड कमाए । यही देखेर यतिबेला एकपछि अर्को निर्माताले आगामी दशैंको फूलपातीलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा आठवटा फिल्म आगामी फूलपातीमा रिलिज हुने देखिएको छ ।

‘दशमी’, ‘परालको आगो’, ‘माइतीघर’ र ‘महाराजधिराज’ गरी चार फिल्मले आधिकारिक रुपमा फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् । फूलपातीमै उपेन्द्र सुब्बाको ‘जारी २’, विराज भट्टको ‘१२ गाउँ २’ र अशोक शर्माको ‘डबल ट्रिपल’ पनि प्रदर्शनमा आउने सम्भावना रहेको व्यापक चर्चा छ । यसबीच, फूलपातीमा अर्को एउटा फिल्म थपिएको छ । त्यो हो, ‘हरिबहादुरको जुत्ता’ ।

आइतबार निर्देशक दीपेन्द्र के। खनालले फूलपातीबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘हरिबहादुर पनि जुत्ता फुकालेर यसपालिको दशैंमा फूलपाती टीका लगाउन आउने भो हरिबहादुरको जुत्ता ।’ यतिबेला काभ्रेमा फिल्मको छायांकन भैरहेको छ । फूलपातीमा ‘हरिबहादुरको जुत्ता’ पनि आउने भएपछि अब भिडन्त रोचक हुने देखिन्छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस