२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

गोविन्दाको मराठी अभिनेत्रीसँग प्रेम, ३७ वर्षपछि नेपाली श्रीमती सुनितासँग सम्बन्ध विच्छेदको तयारी ?

Govinda in Love with a Marathi Actress, Preparing for Divorce from Nepali Wife Sunita After 37 Years?

काठमाडौं । बलिउडका ‘हिरो नम्बर वान’ गोविन्दा लामो समयदेखि ठूलो पर्दाबाट टाढा छन्, तर व्यक्तिगत जीवनका कारण उनी चर्चामा छन्। हालै आएको रिपोर्टअनुसार, ३७ वर्षको वैवाहिक जीवनपछि गोविन्दाले श्रीमती सुनिता आहुजासँग सम्बन्ध विच्छेद गर्न लागेका छन्। यो विवादको केन्द्रमा एक ३० वर्षीया मराठी अभिनेत्रीसँगको उनको कथित विवाहबाह्य सम्बन्ध रहेको बताइएको छ।

गोविन्दा ८० र ९० को दशकमा बलिउडका शीर्ष अभिनेतामध्ये एक थिए। उनको अभिनय र नृत्यले फ्यानहरूलाई दीवाना बनाएको थियो। आज पनि उनको आकर्षण कायम छ। तर, हालै रेडिटमा फैलिएको खबरले उनको व्यक्तिगत जीवनमा ठूलो हलचल मच्चाएको छ। रिपोर्टअनुसार, गोविन्दाको एक मराठी अभिनेत्रीसँग अफेयर छ, जो ३० वर्षकी छिन्। उनीहरूबीच ३१ वर्षको उमेर अन्तर छ, तर ती अभिनेत्रीको नाम अझै खुलाइएको छैन।

सुनिताले पहिल्यैदेखि गोविन्दाको सम्भावित अफेयरबारे संकेत दिँदै आएकी थिइन्। हिन्दी रशसँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘म पहिले आफ्नो वैवाहिक जीवनमा सुरक्षित थिएँ, तर अब होइन। ६० वर्षपछि मानिसको व्यवहार बदलिन्छ, मलाई थाहा छैन ऊ के गर्छ।’ सुनिताले तालिका नमिलेकाले लामो समयदेखि छुट्टै बस्दै आएको पनि खुलासा गरेकी थिइन्।

गोविन्दा र सुनिताको विवाह सन् १९८७ मा भएको थियो। उनीहरू दुई सन्तानका अभिभावक हुन्, एक छोरा यशवर्धन र एक छोरी टीना। यद्यपि, यो सम्बन्ध विच्छेदको खबरमा गोविन्दाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्, जसले गर्दा यो कति सत्य हो भन्नेमा शंका कायमै छ। श्रीमती सुनिता नेपाली हुन् ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस