काठमाडौं । अहिले बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजा ३७ वर्षको वैवाहिक जीवनपछि अलग हुन विचार गर्दैछन् भन्ने चर्चा भइरहेको छ। यो जोडी नेपाली र भारतीयको प्रेम सम्बन्ध हो । सुनिताले परिवारको विरोधका बावजुदपनि भोगेर विवाह गरेकी थिइन् । अहिले आधिकारिक विवाह विच्छेदको प्रक्रिया अघि बढाउँदैछन् भन्ने समाचार सर्वत्र फैलिरहेको छ । तर, परिवारका सदस्यहरूले यी दाबीहरू अस्वीकार गरेका छन्। उनीहरुका बारेमा खास सूचना राख्ने परिवारकी सदस्य कश्मीरा शाहले यी अफवाहहरूको अस्वीकार गरेकी छिन् ।
कश्मीराले विवाह विच्छेद अफवाहको खण्डन गरिन्
गोविन्दा र सुनिताले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरूका दुई सन्तान टीना र यशवर्धनले पनि कुनै टिप्पणी गरेका छैनन्। तर, कश्मीरा शाह जो गोविन्दाका भतिजा कृष्णा अभिषेककी पत्नी हुन् । उनले यो केबल अफवाह भएको प्रतिक्रिया दिएकी छिन् । भतिजा कृष्णाका परिवारसँग गोबिन्दाका परिवारको खास सम्बन्ध छ । उनीहरु धेरैजसो सँगै हुन्छन् । गोविन्दाका भतिज कृष्णा अभिषेकले पनि यस्तो सम्भव नभएको बताएका छन्। उनले एचटी सिटीसँग भने, यो सम्भव छैन। उनीहरूले विवाह विच्छेद गर्ने छैनन्।
गोविन्दा–सुनिता विवाह विच्छेदको अफवाह
हालै गोविन्दा र सुनिता आहुजाको सम्बन्धले प्रश्नचिन्हको सामना गर्नु परेको छ । केही समयअघि सुनिता स्वयंले आफ्नो सम्बन्ध बारे धेरै विवादास्पद बयान दिइन्। भ्यालेन्टाइन डेको अवसरमा सुनिता छोरा यशवर्धनसँग बाहिर देखिएकी थिइन् । जब पपाराजीले गोविन्दाको अवस्थाबारे सोधे, उनले जवाफ दिइन्, ओ अप्ने वेलन्टाइन के साथ है। गडबड मत समझना। वो अपने काम से बहुत प्यार करते हैं न, तो काम उनका वेलन्टाइन है।

