काठमाडौं । अस्ट्रेलियाको सिड्नीका एक नर्सले बुढ्यौली हेरचाह केन्द्रमा डिमेन्सिया भएकी बृद्ध महिलाको अगाडि हस्तमैथुन गरेको अभियोगमा उनको नर्सिङ लाइसेन्स खारेज गरिएको छ । ब्ल्याकटाउनको रोप्स क्रसिङ्गका ४८ बर्षीय नर्स अर्नोल्ड बुल्वायन अलुन्डेले ७० वर्षीया डिमेन्सिया बिरामीको निजी कोठामा लाइट बन्द गरी पर्दा लगाएर उनको सामने हस्तमैथुन गरेको अनुशन्धानबाट पुष्टि भएको थियो ।
स्वास्थ्य सेवा शिकायत आयोगका अनुसार अलुन्डेले आफ्नो हर्कत बिरामीले याद राख्न नसक्ने वा उनले रिपोर्ट गरेपनि विश्वास गरिने सम्भावना नरहेको फाइदा उठाएको अनुशन्धानमा देखिएको छ । सिभिल र एडमिनिस्ट्रेटिभ न्याधिकरणले गरेको अनुशन्धनमा अलुन्डेले डिमेन्सिया भएकी बिरामीलाई मूभी नाइटबाट उठाएर निजी कोठामा लगेको देखिएको छ । उनले अरुलाई बाथरूम लगेको भनेका थिए । उनले बिरामीलाई ओछ्यानमा सुताएपछि आफ्नो प्यान्ट र अन्डरवियर खोलेर उनको अगाडि हस्तमैथुन गरेको बयानमा स्वीकार गरेका छन् ।
अगस्टमा एक महिला सहकर्मीले यो घटना देखेपछि उनले उजुरी दिएकी थिइन् । आयोगले ट्रिब्युनललाई बताएको छ कि, अलुन्डेले अपराधपछि जाँचमा सहयोग नगरी तुरुन्तै जागिर छोडेर अर्को एज्ड केयर प्रोभाइडरकोमा गएर नर्सको रूपमा काम गरेको थियो । घटनामा कुनै आपराधिक मुद्दा चलाइएको छैन, तर ट्रिब्युनलले अलुन्डेको नर्सिङ लाइसेन्स रद्द गरेको छ । साथै तीन वर्षसम्म कुनै पुनरावलोकन नहुने निर्णय गरेको छ। उनलाई यस अवधिमा कुनै पनि स्वास्थ्य सेवा प्रदान गर्न पनि बन्देज लगाइएको छ।
आयोगले ट्रिब्युनललाई बताएको छ, अभियुक्तले आफ्नो हर्कत लुकाउन पर्दा टाँगेको, लाइट बन्द गरेको र निजी कोठामा यो कार्य गरेकोले उनलाई थाहा थियो कि यो कार्य अपराध हो । ट्रिब्युनलले अलुन्डेले नर्सिङ र मिडवाइफरी काउन्सिलमा आफ्नो गलती स्वीकार गरेका छन् ।
अलुन्डे जुन २०११ मा फिलिपिन्सबाट अस्ट्रेलिया आएका हुन् । उनले २०२३ मा वेस्टर्न सिड्नी विश्वविद्यालयबाट नर्सिङमा स्नातक गरेका हुन्। उनलाई मार्च २०२३ मा अस्ट्रेलियामा नर्सको रूपमा दर्ता गरिएको थियो। अलुन्डेको लिंक्डइन पृष्ठ अनुसार उनी अस्ट्रेलियन युनिटीमा नर्सिङ सहायकको रूपमा कार्यरत छन्। तर संस्थाले डेली मेललाई बताएको छ कि उनले अप्रिल २०२० देखि काम छोडेका थिए।

