२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

नेपालमा फोन, इन्टरनेट डाउन, यस्तो छ कारण

internet speed

काठमाडौं । नेपालमा टेलिफोनको रिचार्ज भइरहेको थिएन र इन्टरनेट डाउन भएको थियो । करिब एक घण्टादेखि निकै सुस्त गतिले इन्टरनेट चलेको देशभरबाट अधिकांश प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् । नेपाल टेलिकमको रिचार्ज सेवाले समेत काम गरेको थिएन ।

भारतबाट आएको एयरटेल (Airtel upstream bandwidth) को फाइबर डाउन भएको कारण अन्तर्राष्ट्रियस्तरमै समस्या आएको बताइएको छ । नेपालबाट ब्याण्डविथको भुक्तानीलगायत केही समस्याले नभइ एयरटेलबाट नेपालमा आएको अपस्ट्रीम ट्राफिकमा समस्या देखिएकाले नेपालमा इन्टरनेटको समस्या देखिएको बताइएको छ । नितान्त भारतको एयरटेलको ब्याण्डविथमा भएको डाउनका कारण समस्या आएको नेपालका इन्टरनेट प्रदायकहरुले जनाएका छन् ।

 

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस