२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

रामकृष्ण ढकालले पनि फिल्म बनाउने, शीर्षक ‘मालती मंगले’ जुर्यो

२८ माघ, काठमाडौँ । गायक रामकृष्ण ढकालले २ दशकपछि फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ । यसपटक भने उनी निर्माताको रुपमा फिल्ममा फर्किन लागेका हुन् ।

उनले निर्माण गर्न लागेको फिल्मको शीर्षक ‘मालती मंगले’ राखिएको छ । छोरी रानी ढकालको नाममा राखिएको रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा फिल्म बन्न लागेको हो ।

प्रकाश पाण्डेले निर्देशन गर्ने यो फिल्मको बजेट १ करोड तय छ । स्रोतका अनुसार ढकालले यो फिल्मका लागि निर्माण इजाजत समेत लिएका छन् । जसमा रामकृष्ण र नीलम शाह ढकाललाई निर्माताको रुपमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस