काठमाडौं । विश्वभर आजका दिनसम्म ८ अर्ब २० करोड जनसंख्या छ । तर एक युवकले एउटा भिडियोमा नै २ अर्ब २० करोड र एक युवतीले एउटा भिडियोमा नै १ अर्ब बढी भ्यूज पाएका छन् । टिकटकमा फेब्रुअरी २०२३ सम्म ३५ भन्दा बढी भिडियोले मात्र १० करोडभन्दा बढी भ्यूज प्राप्त गरेका थिए । जसमध्ये आजका दिनसम्म दुई भिडियोले अर्ब भ्यूज पार गरेका हुन् ।
लिआ हल्टनको भाइरल टिकटक भिडियोले १ अर्ब भ्यूज पार गरेको छ । जाच किङको भिडियो हालसम्म सबैभन्दा धेरै हेरिएको टिकटक भिडियो हो । जसले २ अर्ब २० करोड भ्यूज पार गरेको छ। १ अर्ब बढी भ्यूज भएको हल्टनको भिडियो खासै केही छैन । चलिरहेको गाडीमा आफैं दुबै हातले मोबाइल समाएर आफ्नो अगाडिको भाग देखाउँदै गीतमा लिप्सिङ गरेको यो भिडियोको दैनिक अझै भ्यूज बढिरहेको छ ।
-टिकटक क्रिएटर फन्डले प्रति एक हजार भ्यूजका लागि २ देखि ४ सेन्ट डलर तिर्छ।
-टिकटक क्रिएटर रिवार्ड्स प्रोग्राममा सहभागी भएका क्रिएटरहरूले प्रति एक हजार भ्यूजका लागि ०.४ देखि १ डलरसम्म कमाउन सक्छन्।
[विभिन्न कारकहरूमा निर्भर गर्दै यो परिवर्तनपनि हुन सक्छ]
-संसारका सबैभन्दा बढी फलो गरिएका टिकटक अकाउन्टहरूमा @khaby.lame, @charlidamelio, @mrbeast र @bellapoarch सामेल छन्।

