काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको चिनो हिल्सस्थित बीएपीएस् हिन्दू मन्दिरमा तोडफोडको घटना भएको छ। मन्दिरमा आपत्तिजनक नारा पनि लेखिएको उल्लेख गरिएको छ। बीएपीएस् अमेरिकाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यस घटनाबारे जानकारी दिएको हो।
अमेरिकी हिन्दू संगठन (कोहना) ले पनि उक्त घटनाको कडा निन्दा गरेको छ। यो घटना लस एन्जलसमा हुने कथित खालिस्तानी जनमत संग्रहको केही दिन अघि भएको हो।
गत वर्ष पनि अमेरिकामा हिन्दू मन्दिरमा तोडफोडका घटनाहरू भएका थिए। २५ सेप्टेम्बरमा क्यालिफोर्नियाको स्याक्रामेन्टोस्थित श्री स्वामीनारायण मन्दिरमा पनि यस्तै घटना भएको थियो।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

