२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता, यी हुन् छलफलका विषय ?

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन्। यो भेटवार्ता भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा भएको हो।

भेटवार्ता उपलब्धिमूलक भएको भन्दै मन्त्री डा. राणाले नेपालले भारतसँगको सम्बन्धलाई निरन्तर प्राथमिकतामा राख्ने कुरा विदेशमन्त्री जयशंकरसँग साझा गरिन्। भेटका क्रममा दुवै पक्षले नेपाल र भारतका ऐतिहासिक द्विपक्षीय सम्बन्ध, साझा चासो र पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी गरे।

नेपाल र भारतका बीच हालका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान, तथा आपसी सहकार्यका साथै व्यापार, ट्रान्जिट र जलस्रोत विकासमा भएका प्रगतिका बारेमा पनि कुराकानी भएको थियो। मन्त्री डा. राणाले नेपाल सदैव भारतसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस