२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

सिमलामा भिभिआइपिसहित ४४ जना सवार विमानको टायर हावामै पड्किएपछि…

काठमाडौं । हिमाचल प्रदेशको राजधानी सिमलाको जुब्बारहट्टी विमानस्थलमा सोमबार बिहान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। दिल्लीबाट शिमला पुगेको एलायन्स एयरको विमानलाई आपतकालीन ब्रेक लगाएर रोकिएको थियो। विमान आधा रनवेमा अवतरण गर्दा बिचमा विमानको चक्का फुट्यो। उक्त विमानमा उपमुख्यमन्त्री मुकेश अग्निहोत्री र डीजीपी डा. अतुल वर्मा पनि सवार थिए।

सौभाग्यवश विमान धावनमार्गबाट झरेन र ठूलो दुर्घटना हुनबाट जोगियो। विमानको प्राविधिक गडबडीका कारण ब्रेकमा समस्या आएको जानकारी प्राप्त भएको छ। विमानमा ४४ जना यात्रु सवार थिए, जसमा सबै सकुशल छन्। विमान अवतरणका समय झटका अनुभव गरिएपनि ठूलो क्षति भएन।

धर्मशालाका अर्को उडान सुरक्षा कारणले रद्द गरिएको छ। विमानमा प्राविधिक गडबडीको कारण अवतरण अघि पाइलटले ब्रेकमा समस्या देखाएका थिए। सिमला विमानस्थलका स्रोतका अनुसार विमानलाई निरीक्षणका लागि ल्याइयो।

उपमुख्यमन्त्री मुकेश अग्निहोत्रीले विमानको टायर हावामै पड्किएर आकस्मिक ब्रेक लाग्नुको बारेमा डीजीसीए (नागरिक उड्डयन प्राधिकरण) बाट विस्तृत जानकारी आउने बताएका छन्। विमान अवतरणपछि २० देखि २५ मिनेटसम्म यात्रुहरूलाई विमानमा राखिएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस