२३ फागुन, काठमाण्डौँ । आज काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर होली पर्वलाई आगमन गरिएको छ ।
वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि होली पर्व सुरु भएको मान्ने गरिन्छ ।
आज बिहान ८:३३ बजेको शुभ साइत पारेर मान्नधर समुदायले रङ्गीचङ्गी चीर ठड्याएर एकअर्कालाई अबिर दलेर होलीको आगमन गरेका हुन् ।
आजै, काठमाडौँको पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक र ललितपुरको पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने प्रचलन छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

