२४ फागुन , काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको सन्दर्भमा रुससँग भन्दा युक्रेनसँग ‘डिल गर्न’ गाह्रो भएको बताएका छन्।
रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका ट्रम्पले शुक्रबार यस्तो बताएका हुन्।
‘रूसले युद्ध क्षेत्रमा युक्रेनलाई कडा प्रहार गरिरहेको छ,’ ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘यस तथ्यको आधारमा, म युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म रूसमाथि ठूलो बैंकिङ प्रतिबन्ध र कर लगाउने बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको छु।’
गत हप्ता शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीचको ह्वाइट हाउसको ओभल अफिसमा भएको भेटघाट चर्को बहसमा परिणत भएको थियो।
प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार

