२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

गायक तथा सङ्गीतकार विक्रम राईको अल्पआयुमा निधन

Renowned Singer and Musician Vikram Rai Passes Away at a Young Age

काठमाडौं । गायक तथा सङ्गीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयाघातका कारण शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको हो ।

उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । गायिका मेलिना राईले लेखेकी छन्, ‘जिन्दगी साँचै नै अप्रत्याशित रहेछ । यो अकल्पनीय घटनाले स्तब्ध बनाएको छ ।आज हामी माझ एक कुशल गायक, सङ्गीतकार रहनुभएन विश्वास गर्न धेरै गाह्रो भएको छ हामी सबैलाई । शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, उहाँहरूलाई धैर्य धारण गर्न सक्ने क्षमता मिलोस् ।’

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस