२०८३ बैशाख २९ गते मङ्गलवार | 2026 May 12th Tuesday

तस्बिरमा हेर्नुहोस् प्रहरी महानिरीक्षक दीपक थापाको पदबहाली

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले मंगलबार पदबहाली गरेका छन्। यसअघि गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

गृहसचिव दुवाडीले प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै शान्ति, सुरक्षा, सुशासन, तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले लागूऔषध, साइबर अपराध, आत्महत्या, तथा सवारी दुर्घटनाजस्ता सामाजिक अपराध नियन्त्रणमा सक्रिय रहनुपर्ने उल्लेख गरे।

नवनियुक्त प्रहरी महानिरीक्षक थापाले नेपाल सरकारप्रति आभार व्यक्त गर्दै निष्पक्ष र कर्तव्यनिष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शान्ति सुरक्षा सुदृढ गर्दै कानूनको शासन कायम गर्न आम नागरिक, संचारकर्मी, तथा सरोकारवालासँग सहकार्य गर्ने बताए।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, तथा गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए। पदबहालीपछि थापाले अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्दै वृक्षारोपण गरे।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस