२४ फागुन, काठमाडौँ । अमेरिकाको दक्षिण क्यारोलिनाका एक पुरुषलाई आफ्नी पूर्वप्रेमिकाका आमाबाबुको हत्या कसुरमा मृत्युदण्ड दिइएको छ ।
बीबीसीका अनुसार ६७ वर्षीय ब्राड सिग्मनलाई शुक्रबार गोली हानी मारिएको हो।अमेरिकामा पछिल्लो १५ वर्षमा गोली हानेर कसैलाई मृत्युदण्ड दिइएको यो पहिलोपटक हो ।
सिग्मनले २००१ मा आफ्नी पूर्व प्रेमिकालाई अपहरण गर्नुअघि उनका आमाबाबुलाई बेसबल ब्याटले मारेका थिए । सिग्मनले आफूलाई गोली हानी मार्न अनुरोध गरेका थिए । अमेरिकामा मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिलाई आफ्नो मृत्यु रोज्न तीन विकल्प दिइन्छ । पहिलो, घातक सुई । दोस्रो, विद्युतीय कुर्सी । तेस्रो, गोली ।
प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार

