२०८३ बैशाख २८ गते सोमवार | 2026 May 11th Monday

आजका दुई भूकम्पको धक्का भारतसम्म

काठमाडौं । आज (बिहीबार) अफगानिस्तानमा दुईवटा भूकम्प गएका छन्। पहिलो भूकम्प ४.६ म्याग्निच्युडको थियो भने दोस्रो भूकम्प ५.२ म्याग्निच्युडको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा रहेको र गहिराइ क्रमशः १६० किलोमिटर र १८० किलोमिटर रहेको जनाइएको छ।

जानकारी अनुसार दोस्रो भूकम्पको कम्पन भारतको उत्तरी क्षेत्र, विशेष गरी जम्मू र कश्मीरमा पनि महसुस भएको छ। पहिलो भूकम्प अश्काशमबाट ४२ किलोमिटर पश्चिम(दक्षिणपश्चिममा केन्द्रित थियो भने दोस्रो भूकम्पको विवरणले हिन्दु कुश क्षेत्रलाई नै प्रभावित गरेको देखाउँछ। यी भूकम्पहरू गहिरा भएकाले ठूलो क्षति हुने सम्भावना कम देखिए पनि भारतको सीमावर्ती क्षेत्रमा कम्पन महसुस भएको रिपोर्ट आएको छ।

सामाजिक सञ्जाल एक्समा प्राप्त जानकारीअनुसार पहिलो भूकम्पको प्रभाव सीमित क्षेत्रमा देखिएको थियो भने दोस्रो भूकम्पको कम्पनले व्यापक ध्यान खिचेको छ। अहिलेसम्म कुनै ठूलो क्षति वा हताहतीको खबर प्राप्त भएको छैन। एजेन्सी

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस