२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरब जाँदै, के छन् योजना ?

२३ फागुन, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँगको अमेरिकी कुटनीतिका लागि महत्वपूर्ण स्थल बनेको साउदी अरबसँग ठूलो लगानीका लागि सम्झौता गर्न सुझाव दिँदै आफूले साउदी अरबको भ्रमण गर्ने योजना बनाएको बताएका छन् ।

साउदी अरबमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कि नभेट्ने भन्ने प्रश्नमा ट्रम्पले तेलको धनी खाडी मुलुकमा भ्रमण गर्ने आफ्नो इच्छा रहेको तर भ्रमणको मुख्य उद्देश्य व्यापार नै हुने उनले बताए । ह्वाइट हाउस फर्केपछि अहिलेसम्म विदेश भ्रमण गरेका ट्रम्पले सन् २०१७ मा कार्यभार सम्हालेपछि साउदी अरबलाई आफ्नो पहिलो विदेशी गन्तव्य बनाएका थिए ।

उनले सन् २०१७ मा आफ्नो पहिलो यात्रामा बेलायतको सट्टा साउदी अरब जाने निर्णय गरेको बताएका थिए । उक्त समय साउदी अरबले ४५० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन किन्ने वाचा गरेका थिए । ट्रम्पले साउदी अरबसँग घनिष्ठ व्यापारिक सम्बन्ध गाँसेसँगै ट्रम्प अर्गनाइजेसनले गत डिसेम्बरमा जेद्दाहमा ट्रम्प टावर बनाउने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस