२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

विमानस्थलबाट २७ वर्षीया थाई महिला रंगेहात पक्राउ

फाइल तस्विर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो गाँजासहित थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान पक्राउ परेकी छन्।

विमानस्थलको भन्सार क्षेत्रबाट पक्राउ परेकी उनी थाइ एअरमार्फत काठमाडौं आएकी थिइन्। उनको लगेज जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेपछि उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा बुझाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस