२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

प्रेमीसँग मिलेर रवीनाले गरिन् पतिको हत्या, आपत्तिजनक अवस्थामा देखेपछि बबाल

काठमाडौं। भारत, हरियाणाको भिवानी जिल्लामा युट्युबर रवीनाले प्रेमी सुरेशसँग मिलेर आफ्ना पति प्रवीणको हत्या गरेको प्रहरीले जनाएको छ। ३२ वर्षीया रवीनाले प्रवीणलाई सलले घाँटी कसेर हत्या गरी शव नालामा फालेको बताइएको छ।

प्रहरीका अनुसार, रवीनाले सुरेशसँग इन्स्टाग्राममा भिडियो बनाउँदै आएकी थिइन्, जुन प्रवीणलाई मन परेको थिएन।

प्रवीणले उनीहरूलाई आपत्तिजनक अवस्थामा देखेपछि झगडा भएको र सोही क्रममा हत्या भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। सीसीटीभी फुटेज र रवीनाको बयानका आधारमा दुवैलाई पक्राउ गरेर कारागार चलान गरिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस