२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

३ अर्ब प्रयोगकर्तालाई गुगलले किन दियो चेतावनी?

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगलले विश्वभरका आफ्ना करिब ३ अर्ब जिमेल प्रयोगकर्तालाई नयाँ खाले साइबर खतराबाट सचेत रहन चेतावनी जारी गरेको छ।

गुगलका अनुसार, हालसालै एक फिसिङ्ग क्याम्पेन सक्रिय देखिएको छ जसले प्रयोगकर्ताबाट लगइन विवरण चोर्ने प्रयास गरिरहेको छ। स्क्यामरहरूले no-reply@accountsgoogle.com जस्तो आधिकारिक देखिने इमेल ठेगाना प्रयोग गरी प्रयोगकर्तालाई झुक्याउने काम गरिरहेका छन्।

उक्त इमेलमा दिइएको लिङ्कमा क्लिक गरेपछि प्रयोगकर्ता नक्कली लगइन पेजमा पुर्‍याइन्छ, जुन सक्कली जस्तो देखिए पनि पासवर्ड चोरी गर्न बनाइएको हो।

सुरक्षा विशेषज्ञका अनुसार, यस किसिमको फिसिङ इमेलले गुगलको सामान्य चेकजाँच पनि पास गर्ने प्रयास गरेको छ, जसले खतरा झनै बढाएको हो। गुगलले प्रयोगकर्तालाई यस्तो इमेल नखोल्न, लिंकमा क्लिक नगर्न र दुइ तहको प्रमाणीकरण (2FA) अनिवार्य गर्न सुझाव दिएको छ।

गुगलले छिट्टै नयाँ सुरक्षा उपायहरू ल्याउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस