२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

पूर्व नवयुवराज बारेको टिप्पणीले विवादमा अभिनेत्री पन्त

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त पूर्वनवयुवराज हृदयन्द्र शाहबारे दिएको टिप्पणीका कारण विवादमा परेकी छन्। फिल्म ‘खेल’को प्रचारक्रममा एक अन्तर्वार्तामा उनले हृदयन्द्र शाहलाई ‘पारसको छोरो होइन ?’ भन्दै सामान्य हाँसोसँग अभिव्यक्ति दिएकी थिइन्।

त्यसपछि सामाजिक सञ्जालमा राजसंस्था समर्थकहरूले तीव्र आलोचना गरेका छन्। अन्तर्वार्ताको क्लिप टिकटकमा भाइरल बनेपछि सुरक्षा पन्तलाई व्यापक गालीगलौज भइरहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस