काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ८३५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार

