काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
बिहिबार सुन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार

