काठमाडौं । अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिका रहेको चलचित्र ‘खेल’ रिलिजको दिनमै धराशायी बनेको छ। सुरक्षाको राजनीतिक अभिव्यक्तिपछि दर्शक पक्ष-विपक्षमा विभाजित भए पनि, हलमा दर्शकको उपस्थिति अत्यन्त न्यून रह्यो।
१५० शो पाएको चलचित्रको अधिकांश हल रित्तै देखिए र व्यापार ‘डिजास्टर’ भएको निर्माण स्रोतले जनाएको छ। क्यूएफएक्समा बेलुकाको शोमा ८ जना मात्रै दर्शक थिए। अनुराग प्रधान र आस्था श्रेष्ठले निर्माण तथा निर्देशन गरेको थ्रिलर चलचित्रमा स्टार कास्टको कमजोर प्रभाव र सुरक्षाको विवादले दर्शक तान्न नसकेको विश्लेषण गरिएको छ।
आजै रिलिज भएको ‘भुठान’को अवस्था पनि खासै राम्रो छैन। शनिबार केही सुधारको आशा गरिएको छ, तर बुकिङ स्थिति निराशाजनक छ।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार

