२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस