१६ बैशाख , काठमाण्डौँ । महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मनरा शिसवा नगरपालिका १, मनरा ब्रह्मस्थानमा रहेको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा डुबेर मनरा शिसवा नगरपालिका १ का विकेश सिंहका छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका ९, पथरघाटा लक्ष्मीपट्टीका रूपेश सिंहका छोरा ९ वर्षीय आयुष कुमार सिंहको मृत्यु भएको हो ।
डुबेर अशक्त भएका दुवै बालकको गएराति उपचारका क्रममा नगर अस्पताल मनरामा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

